SWC Affiliation No.: 37453 | PAN No.: 601180288
REGD. No.: 979/068/6

ABOUT NFGF

२०६६ साल देखि विभिन्न जिल्लाका सेवा केन्द्र समन्वय समिति, जिल्ला समन्वय समिति, जिल्ला समन्वय संस्था, क्षेत्रिय समन्वय समिति हुदै सम्वन्धित निकायमा दर्ताभई देश भरी छरिएर रहेका कृयाशिल कृषक समूहहरु, पशु सेवा समुहहरु र कृषि सहकारीहरुलाई सदस्य मानी गा.वि.स, सेवा केन्द्र (ईलाका), जिल्ला, क्षेत्र हुदै राष्ट्रिय स्तरसम्मको संरचना रहने गरि राष्ट्रिय कृषक समुह महासंघ, नेपाल २०६८ भाद्र २३ गते तत्कालीन मध्यमांचल क्षेत्रिय कृषि निर्देशनालय हरिहरभवनमा कृषक समुहहरुको अगुवा प्रतिनिधिहरुको भेलाबाट गठन भई देशैभरी कार्य क्षेत्र रहने गरी २०६८ चैत्र १४ मा जि. प्र.का. काठमाडौंमा दर्ता भएको हो । ८ जिल्लाका किसान प्रतिनिधिहरुको भेलाबाट गठन भएको यस महासंघले कृषक समुहहरुलाई आवद्धता गरी संगठन विस्तार गर्दै २५ जिल्ला महासंघका प्रतिनिधिहरुको सहभागितामा २०७१ जेष्ठ ११—१२ गते प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको थियो । २०७१ पौष २४ मा प्रथम परिषद, २०७२ पौष ३० दोश्रो राष्ट्रिय परिषद, २०७३ पौष २६ मा तेश्रो राष्ट्रिय परिषद, २०७५ पौष ३ गते चौथो राष्ट्रिय परिषद र ७ वटै प्रदेशमा अधिबेशन सम्पन्न गर्दै हाल ५९ जिल्लामा संगठन विस्तार गरि ३७७७ कृषक समुहहरु महासंघ आवद्ध भएका छन् ।

Read more