कृषक व्यवसाय पाठशाला नमुना सिकाइ तथा प्रणालीगत कार्यदिशा अन्तक्रिया

कृषक व्यवसाय पाठशाला नमुना सिकाइ तथा प्रणालीगत कार्यदिशा अन्तक्रिया कार्यक्रम अल्फा हाउस नयाँ बानेश्वरमा आज २०८२ श्रावण ९ गते शुक्रबार सम्पन्न गरिएको छ ।

अन्तरक्रियामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर के.सी. को प्रमुख आतिथ्यता, पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीकाे विशेष आतिथ्यता, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, संयुक्त राष्ट्रसंघीय निकायहरूः विश्व खाद्य कार्यक्रम (WFP), FAO, गाउँपालिका राष्ट्रिय महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल लगायतका नागरिक समाज एवं गैर सरकारी संस्थाका प्रतिनिधि, केएर नेपाल लगायत दातृ निकायका प्रतिनिधि, किसान, कृषक समूह महासंघ, नेपालका तहगत संरचनाका पदाधिकारी, संचारकर्मी लगायत कृषि क्षेत्रमा कार्यरत करिव ६० जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

मुख्यरुपमा कृषि प्रसार सेवा, सो को विस्तार एवं संयाेजन रणनीतिका बारेमा केन्द्रित रहेको छलफलमा दिगो कृषिका लागि पर्यावरणीय कृषिलाई अवलम्बन गर्नुपर्ने, कृषिको उद्यमशीलताका लागि प्रसार सेवाको विस्तार गर्नुपर्ने तहगत सरकारको नीतिगत एवं कार्यक्रमहरुमा कृषि प्रसारलाइ किसानसम्म पुर्याउनका लागि बजेट तथा कर्याक्रमको प्रभावकारी कार्यान्वयका साथै प्रणाली संयोजन गनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा केएर नेपालसंगकाे सहकार्यमा अन्तक्रिया आयाेजनामा गरिएकाे हाे ।

मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरूमा राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा CARE Nepal काे सहयाेग एवं स्थानीय सरकारसंगकाे सहकार्यमा रुपान्तरण, जलवायु मैत्री गाउँ, पाेषण प्रबर्द्धन एवं पर्यावरण संरक्षणका गतिविधिहरू संचालनमा रहेका छन्।

https://halokhabar.com/news-details/16584/2025-07-25