प्रथम राष्ट्रिय कोदो दिवस, २०८२

प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ मूल समारोह २०८२ श्रावण १६ गते “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, चाँगुनारायण नगरपालिका, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट, खाद्य तथा कृषि संगठन, नेपालको सहकार्यमा भव्यताका साथ भक्तपुर जिल्लाको चाँगुनारयण नगरपालिका – ९ ताथलीमा कोदोको महत्व, औषधीय गुणको बारेमा चर्चा, कोदो प्रबद्र्धनकर्ता ( राष्ट्रिय काेदाे दिवस घाेषणाका लागि नेतृत्वदायी पहलकदमी तथा पैरवीका लागि राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र अनाज त्यसैगरी कोदोजन्य बालीको प्रबद्र्धन एवं महिला सशक्तिकरणमा योगदानका लागि श्री कोदाली भेन्चर्स, कोदोजन्य बालीको संरक्षण योगदानका लागि श्री धौलिगाड कृषि सहकारी संस्था लिमिटेड तथा हाँकु सामुदायिक बीउ बैंक) लाई सम्मान, काेदाेकाे सचेतना गीत प्रस्तुती, कोदो रोपाई र कोदोका उत्पादनको प्रबद्र्धन गरी मनाइएको छ ।
English
नेपाली