कृषक पाठशाला अभ्यास सम्बन्धी नीति संवाद

१४ असार, २०८१

कृषक पाठशाला अभ्यास सम्बन्धी नीति संवाद

काठमाडौमा सम्पन्न भएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालकाे आयोजनामा कृषि विभागका उपमहानिर्देशक राजेन्द्र काेइरालाकाे अध्यक्षाता संचालित कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालकाे तहगत संरचना, NIMB बैक, गै.स.स महासंघ, उद्याेग वाणिज्य महासंघ, किसान आयोग, केएर नेपाल, World Vision, WHH, WFP, LI-BIRD, CIPRED, SAHAS, CARITAS, FORWARD, SAPPROS, R&D, क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्र, लगायत कृषि क्षेत्रमा कृयाशील सरकारी तथा गैर सरकारी संस्था एवं संचारकर्मीहरूकाे सहभागिता रहेकाे थियाे ।

कृषक पाठशाला कृषि प्रसार सेवाकाे प्रभावकारी माध्यम भएकाेले समान बुझाइ कायम राख्नुनर्ने कुरालाइ मध्यनजर गरी स्पष्ट परिभाषा, मापदण्ड र पाठ्यक्रम निर्माण, समन्वयका लागि तहगत सरकारकाे नेतृत्वमा संयन्त्र निर्माण गर्नुपर्ने र प्रभावकारी अनुगमन तथा मुल्यांकन गर्नुपर्ने कुरामा जाेड दिइएकाे छ।

https://www.ratopati.com/.../farmers-schools-need-to-be...