महिला किसान मधेश सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर

महिला किसान मधेश सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर मिति २०८१ पुस ४ र ५ गते चन्द्रपुर, राैतहटमा सम्पन्न भएको छ । कार्यक्रममा मधेश प्रदेशका जिल्लाका राष्ट्रिय कृषक समूह महासंघ, नेपाल पालिका कार्यसमिति एवं विभिन्न प्रदेशका साथै राष्ट्रिय कार्यसमितिबाट २५ भन्दा बढी महिलाको सहभागतिा रहेको थियो । महासंघले पैरवी गर्दै आएका सवाल एवं सवाल उठानमा महिलाको अगुवाई क्षमता विकास गर्ने उद्देश्यले यस शिविरको आयोजना गरिएको हो ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र VSO Nepal विच सहयोगमा सुर्खेत, बारा र रौतहट जिल्लामा ACTIVE परियोजना मार्फत पर्यावरणीय कृषिको प्रवद्र्धन एवं खाद्य प्रणाली स्थानीयकरण अभ्यास संचालनमा रहेकाे छ ।