चाैथाे काेदाे दिवस : १५ श्रावण, २०८१, खाेकना, ललितपुर

"काेदाेजन्य बालीकाे उत्पादन, पाेषण सुरक्षा र आयात प्रतिस्थापन"

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एशोशिएसन अफ नेपाली एग्रीकल्चर जर्नालिष्टको संयुक्त आयोजनामा ललितपुर जिल्लाको खोकनामा माननीय कृषि ताथ पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीज्यूको प्रमुख आतिथ्यतामा चौथो कोदो दिवस २०८१ सम्पन्न भएकाे छ।

कार्यक्रममा विशेष अतिथि राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय विष्णुमाया ओझा एवं अतिथिहरू राष्ट्रिय किसान आयोगका प्रबक्ता जिवन्ती पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह सचिव द्वय: डा. रामकृष्ण श्रेष्ठ र डा. हरि बहादुर केसी ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, किसान, संचारकर्मी, FAO, VSO, स्राेत साझेदार संस्था, सरोकारवालाहरु सहित २०० जनाको समुपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा काेदाेकाे बहुगुणकाे वर्णन, काेदाे राेपाइ, काेदाे उत्पादक किसान एवं काेदाे प्रबर्द्धनमा कलम चलाउने संचारकर्मीलाई सम्मान, काेदाेकाे खिर, सेल लगायतका परिकारहरू खाएर चाैथाे काेदाे दिवस मनाइयाे ।

https://annapurnapost.com/story/462348/