देशभर विभिन्न स्थानीयतहमार्फत ज्ञापन पत्र पेश

कृषक समूह, पशु सेवा समूहलाई सामाजिक लेखापरीक्षण/समूहको बार्षिक भेलाको निर्णयलाई मान्यता दिई स्थायी लेखा नम्बर उपलब्ध गराउने एवं वार्षिक नवीरकणको व्यवस्थाका लागि महासंघले स्थानीय पालिकामार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाउने महाअभियानमा सरिक भई आज देशभर विभिन्न स्थानीयतहमार्फत ज्ञापन पत्र बुझाइएको छ ।
त्यसैगरी आ.व. २०८२/८३ को स्थानीय सरकारको योजनामा समावेश गरी बजेट व्यवस्थाको लागि स्थानीय महासंघले अडान पत्र समेत पेश गरेकाे छ ।
English
नेपाली