राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पंचकाजी श्रेष्ठज्यूको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय ज्वाला कुमारी साह संग भेट

राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पंचकाजी श्रेष्ठज्यूको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय ज्वाला कुमारी साह संग भेट गरेको छ ।

भेटमा, भर्खरै जारी खाद्य अधिकार तथा खाद्य संप्रभुता नियमावली, २०८० ले गरेको कृषकको पहिचान, बर्गीकरण र परिचयपत्र, त्यसको कार्यान्वयनको सन्दर्भमा भएको व्यवस्था बारे ध्यानाकर्षण, कृषक समूहलाई गरिएको अनिवार्य स्थायी लेखा नम्बरको खारेजी एवं स्थानीय, प्रदेश र संघीय कृषि ऐन बारे महासंघको धारणा सहित २७ बुंदे मागपत्र पेश गरिएको छ ।

माननीय मन्त्रीज्यूबाट महासंघले पेश गरेको मागलाई प्राथमिकता दिने एवं महासंघसंग समय लिएर कृषि विकास, खाद्य र किसान अधिकार बारे थप संबाद गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।