महासंघका सातै प्रदेशका पदाधिकारी एवं राष्ट्रिय सचिवालयका पदाधिकारी सदस्यहरुको सहभागितामा रणनीतिक सवालको समीक्षा, अद्यावधि र कार्यदिशा, किसानी उत्प्रेरणा यात्रा

महासंघका सातै प्रदेशका पदाधिकारी एवं राष्ट्रिय सचिवालयका पदाधिकारी सदस्यहरुको सहभागितामा रणनीतिक सवालको समीक्षा, अद्यावधि र कार्यदिशा, किसानी उत्प्रेरणा यात्राको आयोजना गरिएको छ । कृषक समूहले कृषि प्रसारमा खेलेकाे व्यावहारिक अभ्यास एवं सिकाइ सम्बन्धी ज्ञान कृषक पाठशाला प्रेरणा भ्रमणबाट प्राप्त हुनेछ ।

रणनीतिक योजनाको सिंहावलोकन साथै तहगत संरचनाको कार्ययोजना तयार गर्ने गरी ३ दिने बसाइ सिरहाको पर्यावरणीय स्थल कोइरालेखोला सामुदायिक वन, हात्तीदहमा सुभारम्भ भएको छ । बसाइले परिवेश विश्लेषण गरी योजनाबद्ध रणनीतिक कार्यदिशा अघि सार्नेछ । बसाइमा बहुसराेकारवालाहरूकाे सुझाव ग्रहण गरिएकाे छ ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा CARE Nepal को सहयोग एवं स्थानीय तहको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरूमा रूपान्तरण, जलवायुमैत्री गाउँ, पाेषण प्रबर्द्धन, संरक्षण एवं कृषक पाठशाला प्रणाली संयाेजनका गतिविधिहरू संचालनमा रहेका छन् ।